इजरायल जाने श्रमिक छनोट गर्न भाषा परीक्षा सम्पन्न (नतिजासहित)

सैलुङअनलाइन संवाददाता
105 Shares
काठमाडौं

इजरायलमा केयरगिभर (सुसारे)का रूपमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न लिइने अङ्ग्रेजी भाषा परीक्षा सोमबार सम्पन्न भएको छ ।

सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी भएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्येबाट भाषा परीक्षामा सात हजार सात जना सहभागी भएका छन् भने ६९२ जना परीक्षामा अनुपस्थित छन् ।

सहभागीमध्ये तीन हजार ७२७ पुरुष र तीन हजार २८२ जना महिला रहेको विभागले जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले परीक्षाफल छिटोमा दुुई दिन र बढीमा तीन/चार दिनभित्रमा सार्वजनिक हुने जानकारी दिए । उत्तरपुस्तिकाको जाँच कम्प्युटर प्रणालीबाट गरिने जनाइएको छ ।

निर्देशक ज्ञवालीका अनुसार उत्तीर्ण भएका परीक्षार्थीले ल्याएको अङ्कका आधारमा एक हजार ६८० जना छनोट गरिनेछ । जसमा इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुुरुष हुनेछन् ।

विभागले भाषा, लिखित परीक्षा र शारीरिक परीक्षणपछि विभागले एक हजार ४०० जनालाई छनोट गरेर नेपालस्थित इजरायली दूतावासमा पठाउनेछ । विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्नेछ ।

विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलब नेपाली विनिमयअनुसार करिब दुुई लाख रुपियाँ हुनेछ । सो तलब सातामा ४२ घण्टाको हिसाबमा हुन्छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका