नेपाली समाज ओमानको अध्यक्षमा घले

सैलुङअनलाइन संवाददाता
ओमान

चकराम घले (विकास) नेपाली समाज ओमानको अध्यक्षमा चयन भएको छ । घले समाजको ९ औं अधिवेशनबाट अध्यक्षमा चयन भएको हो ।

सेप्टेम्बर १० तारीख भर्चुअल बैठकबाट भएको अधिवेशनले समाजका उपाध्यक्षहरु रविन्द्र राज थला, रमला श्रेष्ठ, उपाध्यक्ष गोविन्द कुवँर, महासचिव धनकुमारी थारु, सचिव विवेक राई, सहसचिव सज्जन सुब्बा, कोषाध्यक्ष अर्जुन श्रेष्ठ र सहकोषाध्यक्ष विन्दु खत्री रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शिव पाण्डे, सुरज थापा, तोरणबहादुर थापा मगर, हरि पौडेल, चोकलाल अधिकारी, दुर्गा कार्की, निरज नेपाली, खेमराज मैनाली, श्याम कार्की, मनोज श्रेष्ठ, खेम खड्काथोकी, अन्जन कुमार थापा, रमेश कुमार नेपाली, रिचर्ण खड्का, शिवप्रसाद भट्टराई, सन्तोष कटुवाल, शिवकुमार यादव, रजनी श्रेष्ठ, मनु चौधरी, अस्मिता रोक्का, फुलमाया राना मगर, चन्द्रकला राई, दिपा पुन मगर, देवि मगर, उर्मिला गुरुङ, कृष्ण माया गौतम र जमुना परियार चयन भएका छन् ।

समाजको सल्लाहकारहरुमा ओमकार तामाङ, मादी गुरुङ, पार्वती श्रेष्ठ, गोमा थापा मगर, रन्जित आचार्य, दिपक सापकोटा र रुपा राजवंशी छन् । त्यस्तै संरक्षकमा सामाजिक अभियन्ता लिलानाथ कोईराला, तोलाकान्ता भट्टराई (प्रेम) दिल रोक्का चयन भएका छन् । समाजका नेपाल प्रतिनिधिमा इच्छा राई, योगेश बानु राई, किरण राई, राजकुमार कार्की, जीवनकुमार ढुंगाना, भिमप्रसाद कोइराला छन् ।

कार्यक्रमका प्रमुख अतिथि दूतावासका द्वितीय सचिव सोमेश थापाले शुभकामना दिदै समाजका लागि दूतावासको निरन्तर सहयोग रहने बताए । उनका अनुसार समाजसँग हातेमालो गरेर ओमानमा दुख पीडामा परेका नेपालीहरुको उद्धार एवं व्यवस्थापन गरेर दूतावासले नेपाल फर्काउने छन् ।

त्यस्तै कार्यक्रमका विशेष अतिथिमा एनआरएनए प्रवक्ता डिबि क्षेत्री र ओमानका अध्यक्ष विकल झा रहेका थिए । समाजका निवर्तमान अध्यक्ष दिल रोक्का सभापति रहेको कार्यक्रम निवर्तमान महासचिव चकराम घलेले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया