मेगा बैंकका ग्राहकलाई चरकमा छुट

सैलुङअनलाइन संवाददाता
0 Shares
पोखरा

मेगा बैंक नेपाल लिमिटेड र पोखरा नयाँबजारस्थित चरक मेमोरियल हस्पिटलबीच आइतबार विशेष छुटको सम्झौता भएको छ । बैंक र हस्पिटल बिच सम्झौतामा बैंकका कर्मचारीहरु, डेविट तथा क्रेडिट कार्ड भएका खातावालाहरुलाई विशेष छुटको ब्यवस्था गरिएको बैंकका शाखा प्रबन्धक सदिप ढकालले जानकारी दिए ।

सम्झौता अनुसार ५ देखि १० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ । बैंकका सेवाग्राहीहरुलाई हस्पिटलमा वेड चार्ज, ल्याव टेस्ट लगायत विभिन्न सेवाहरुमा विशेष छुटको ब्यवस्था गरिएको हस्पिटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया