रवि लामिछानेको बयान आज, छुट्छ या थुन्छ ?

सैलुङअनलाइन संवाददाता
0 Shares
चितवन

रवि लामिछाने, युवराज कंडेल र ‘रूकु’ भन्ने अस्मिता कार्कीलाई शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहनको अभियोग लगाउँदै अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो । पहिलो दिन आइतबार अस्मिता कार्कीको बयान सकिएको छ । आज सोमबार लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ ।

यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ ।बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले थुनछेक बहस गर्नेछन् । थुनछेकको बहस सकिएपछि उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश हुनेछ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया