नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बस्दैछ ।
सांगठनिक एकताका बाँकी कार्यबारे छलफलका लागि बैठक बोलाइएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले नेकपाको सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग र निर्वाचन आयोगको अध्यक्ष तथा सचिव तोक्नेछ ।
यसैगरी पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन्।
‘महानगरहरूमा पार्टीको इन्चार्ज तोक्ने काम भएपनि अध्यक्ष र सचिव तोकिएको छैन, प्रवक्ता श्रेष्ठले भने, आजको बैठकले संभवतः पाँच वटा महानगरसहित पाँच वटा केन्द्रीय निकाय र सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्नेछ ।’
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला पहिलो पटक अध्यक्ष ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।