आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा विजय लक्ष्मी

युएई

विजय लक्ष्मी राई आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा चयन भएकी छिन् । राई महासंघ युएईको आठौं अधिवेशनबाट चयन भएकी हुन् । कार्यक्रम शुक्रबार युएईस्थित एक रेस्टुरेन्टमा शुक्रबार भएको हो ।

शुक्रबार सम्पन्न भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष नविन दोङ तामाङ, उपाध्यक्ष डम्बर लिबाङ लिम्बु र निमा शेर्पा, महासचिव रन्जन भुजेल, सचिव रिन्जिन पासाङ शेर्पा, कोषाध्यक्ष बिक्रम पाधक लिम्बु, सहकोषाध्यक्ष सोनु थोकर तामाङ र महिला विभाग प्रमुख मनु गाहा मगर र प्रवक्ता पदम योन्जन तामाङ चयन भएका छन् ।

त्यसैगरी क्रमशः सदस्यहरु पासाङ शेर्पा, यमन घर्ती मगर, राजेन्द्र थापा मगर, भुपेन्द्र थतेन, सुर्य नारायण चौधरी, भगिरथी कुमार भगत, दलबहादुर जिटी, राजु गुरुङ, प्रबिन गुरुङ, पेच कुमार सुनुवार, रमाकुमारी सुनुवार र धन कृष्ण राई चयन भएका छन् ।

नवनिर्वाचिन अध्यक्ष राईले आफ्नो कार्यकालमा विभिन्न जातिय संघसंस्थाका प्रवास शाखासँग समन्वय गरी आदिवासी जनजातिको हकहितको लागि आवाज उठाउने प्रतिबद्धता गरिन् ।

तपाईको प्रतिक्रिया