काँग्रेस जिल्ला सभापतिमा निमा ग्याल्जेनको उम्मेदवारी किन ?

सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

नेपाली काँग्रेसका नेता एवं हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सिन्धुपाल्चोक जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । १४ औँ महाअधिवेशनमा सिन्धुपाल्चोक काँग्रेसको जिल्ला सभापतिमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

उम्मेदवारी घोषणापछि उनले भने,‘गुट र उपगुटलाई चिर्न, पार्टीका सकारात्मक पक्षलाई अझ सुधार्न मेरो उम्मेदवारी हो ।’

गुट र उपगुटले पार्टी नै धरापमा पर्ने स्थिति आउँदा पनि नेतृत्वले सही निर्णय नगर्दा धरापमा परेको अवस्थालाई गोलबद्ध गर्न सकिने उनी बताउँछन् ।

पार्टीभित्रकै साथीहरूको चाहना र इच्छा बमोजिम नेतृत्वका लागि आफू तयार भएको शेर्पाले दाबी गरे ।

शेर्पाले भने, ‘४० वर्ष मुनिकालाई १००५ वडा समितिमा, ९०५ नगर र गाउँपालिकामा, ८०५ क्षेत्रीय प्रतिनिधिमा अनिवार्य उपस्थित गराउनुपर्छ ।’

पार्टीलाई अत्याधुनिक वैज्ञानिक रूपमा सञ्चालन गर्नुपर्ने मुख्य एजेन्डा र सङ्गठनलाई सशक्त र चुस्त बनाउने अर्को एजेन्डा भएको शेर्पाले उल्लेख गरे ।

उनले पार्टीका साथीहरूलाई प्रशिक्षित र प्रभावशाली बनाउने, जनताको विषयवस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रूपमा नेपाली काँग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यकता भएकोले “अत्याधुनिक वैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौँ” भन्ने नाराका साथ अघि बढेको बताए ।

तपाईको प्रतिक्रिया