सितगंगा समाजद्वारा इलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

सैलुङअनलाइन संवाददाता
अर्घाखाँची

अर्घाखाँची सितगंगा सेवा समाजले इलाका प्रहरी कार्यालय ठाडालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । समाजले असोज २ गते इलाका प्रहरी कार्यालयलाई २ थान फोल्डिङ्ग स्टेचर, हजार थान सर्जिक माक्स र ५ लिटर सेनिटाइजर सहयोग गरेको समाजका महासचिव सुन्दर आचार्यले जानकारी दिए ।

महासचिव आचार्यका अनुसार हस्तान्तरण कार्यक्रममा सेवा समाजका पदाधिकारी शेषकान्त अधिकारी, लक्षमण भटराई, मानबहादुर सिन्जापती, रामप्रसाद बेल्बासे, विमला आचार्य, हुम बहादुर बिक, महेश आचार्य, विष्णु पौडेल न्यौपाने लगायत क्रियाशील सदस्यहरुले कार्यालयमै पुगेर इप्रका ठाडाका इन्चार्ज सन्दिप बेल्बासेलाई हस्तान्तरण गरेका हुन् ।

सितगंगा सेवा समाजले बिगत ४ बर्षदेखि शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ । कम्पुटर प्रबिधीबाट पठनपाठन गर्न पहिलोपटक सितगंगा नगरपालिकाका मावि तहका विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको थियो । समाजले नगरपालिका विभिन्न ठाँउमा सहयोग गर्दै आएको महासचिव आचार्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया