ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिनभित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटोछरितोरुपमा सेवा दिई व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र विनाझन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।
लक्षित ग्राहक महानुभावहरुले यो कर्जा सुविधा ग्लोबल आइएमई बैंकका १ सय ४१ वटा शाखाहरुमार्फत उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाखदेखि देखि रु ६ करोडसम्म ऋण उपलब्ध गराइनेछ ।