जनसम्पर्क साउदीको दुई क्षेत्रीय अधिवेशन सम्पन्न

सभापतिमा तामाङ र कटुवाल

सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

जनसम्पर्क समिति साउदी अरेबियाले दुई क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गरेको छ । समितिले भर्चुअल बैठकबाट सेप्टेम्बर १८ तारिख रियाद क्षेत्रमा मुकुन्द बहादुर कटुवाल र अलखर्ज क्षेत्रमा निमा तामाङको सभापति रहने गरी अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनबाट रियाद क्षेत्रका लागी १५ सदस्यीय कार्यसमिति र अलखर्जका लागि पनि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जनसम्पर्क समिति रियादका उपसभापतिहरू पूर्ण प्रसाद रिजाल, वसन्त पौडेल, महामन्त्री कृष्ण थापा, सह महामन्त्री गणेश थापा, कोषाध्यक्ष कृष्ण बस्याल र सह कोषाध्यक्ष बालकृष्ण सापकोटा रहेका छन् ।

यस्तै सदस्यहरू क्रमशः लक्ष्मण भट्ट, राज चेम्जोङ लिम्बु, मेघराज पुन, दिपक आचार्य, पुस्तक राज गिरी, बद्रीनाथ भट्टराई, धनबहादुर क्षेत्री र मदन गाह मगर चयन भएका छन् ।

त्यसै गरी अलखर्ज क्षेत्रीय कार्यसमितिका उपसभापतिहरू हुकुमराज क्षेत्री, टीका कार्की, महामन्त्री मनोहरी सिटौला, सहमहामन्त्री सुवास भण्डारी, कोषाध्यक्ष अनिल गुरुङ र सह कोषाध्यक्ष ललित खड्का रहेका छन् ।

त्यस्तै सदस्यहरू क्रमशः गुरु आले, कुमार श्रेष्ठ, उमेश राई, डिलबहादुर खाम्चा, खुमबहादुर बराल, शिव बोहोरा शेरबहादुर भुजेल र अनिल कुमार मगर चयन भएका छन् ।

कार्यक्रममा जनसम्पर्क समिति साउदीका कार्यवाहक सभापति द्वारिकाराज गिरीले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिएका थिए । उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्था एवं विश्वास राख्ने साउदीमा रहेकाहरू एकीकृत हुन बाहेक विकल्प नरहेको बताए ।

माओवादीलाई समेत राजनीतिक मूलधारमा ल्याएका कांग्रेसले कम्युनिस्टहरुले बन्दक बनाएको नेपाललाई समृद्धितर्फ उन्मुख गराउने कार्यवाहक सभापति गिरीको भनाइ थियो ।

त्यसै गरी कार्यक्रममा जनसम्पर्क समिति साउदीका महामन्त्री सुरेशराज त्रिपाठीले शुभकामना मन्तव्य दिँदै अधिवेशन सर्वसम्मत चयन भएको खुसी व्यक्त गरे । देशलाई कम्युनिस्टहरुले खोक्रो बनाएकाले नेपाली काँग्रेस सत्ता गएको महामन्त्री त्रिपाठीको भनाइ छ ।

तपाईको प्रतिक्रिया