सुनको भाउ आज पनि उकालो‚ एकै दिन नौ सयले बढ्यो

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५रुपैयाँले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला एक हजार १४०रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका