दोलखामा चालु आर्थिक वर्ष २०७६/७७ को लागि भूकम्पीय निजी आवास पुनर्निर्माणको दोस्रो र तेस्रो किस्ताको अनुदान रकम भुक्तानी प्रक्रिया भाद्र ९ गतेदेखि शुरु भएको छ ।
पहिलो चरणमा जिल्ला आयोजना कार्यान्वयन इकाईबाट सिफारिस भई आएका ७८ जना लाभग्राहीहरुको दोस्रो किस्ता वापतको रकम रु. १ करोड १७ लाख र १५७ जना लाभग्राहीको तेस्रो किस्ता वापतको अनुदान रकम रु. १ करोड ५७ लाख गरी जम्मा रु. २ करोड ७४ लाखभुक्तानीको लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाईएको जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाले जानकारी दिएका छन् ।
दोस्रो र तेस्रो किस्ता भुक्तानीका लागि २०७६ कार्तिक मसान्त तथा २०७६ माघ मसान्तसम्मको समयसीमा तोकिएको छ । तोकिएको समयसीमा भित्र सम्बन्धित पालिकाका वडा कार्यालयहरु मार्फत् पहिलेकै प्रक्रिया बमोजिम अनुदान किस्ता भुक्तानी लिन जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाकाले सूचित गरिएको छ ।