बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घट्यो

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बुधबार ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८९ हजार ६०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा बिहीबार प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

थप यो पनि

सुनको भाउ आज पनि उकालो‚ एकै दिन नौ सयले बढ्यो

आइतबार सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

तपाईको प्रतिक्रिया

पत्रपत्रिका