मौनधारण

दाेलखा

तिनीहरुले मात्र गर्छन्
एक मिनेट मौनधारण
र बाँड्छन् सत्ता सपनाहरु !

मञ्चमा आसिन भएर
मञ्चमै आश्रित हुन्छन्
मञ्चमै चपाइरहन्छन्
हरियो पान
रातो रङमा
र उग्राइरहन्छन् !

बोल्न त बोल्छन्
बुझ पचाउँदै बोल्छन्
तिनीहरु ।
छेपारोले जस्तो रङ फेरेर
गोहीले जस्तो आँसु झारेर
रुन्छन्रो/इरहन्छन्
तिमै पक्षमा
तर केही गर्दैनन्
मात्र गर्छन् एक मिनेट मौनधारण !

एक मिनेट मौनधारण गर्दा पनि
उकुस मुकुस हुन्छ उनीहरुको मन
अलिकति शिर झुकाउँदा पनि
रातो हुन्छ गाला ।

परिस्थिति हेरेर बोल्छन्
रङ्ग फेरिरहन्छ/ढङ्ग फेरिरहन्छन् ।
ज्ता बज्छ मादल उतै नाँच्छन्
ज्ता हुन्छ शक्ति उतै गाउँछन्

तिनीहरु अरु गर्दैनन्
मात्र गर्छन्
एक मिनेट मौनधारण !
तिनीहरु सोचिरहन्छन् आफ्नै कुरा
सम्झिरहन्छन् आफ्नै कुर्सी
सम्झिदैनन् तिनीहरु
साँचो मनले
शहीदको योगदान
शहीदको बलिदान ।

देखाउन त देखाउँछन्
आफूलाई असल
आफूलाई सेवक
अरुभन्दा भिन्न

तर नियतमा नै खोट हुन्छ
जसलाई लुकाउन
भरमगदुर प्रयत्न गर्छन् ।

साँच्चै तिनीहरुले मौनधारण गर्दा
इाद गर्नुभएको छ तपाईँले

तिनीहरुको अनुहार ?

(साभार : चौसट्ठी वर्गमिटरबाट)

तपाईको प्रतिक्रिया