रवि र कँडेल धरौटीमा र अस्मिता साधारण तारेखमा रिहा

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
0 Shares
चितवन

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनमा न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले सो निर्णय गरेको हुन् । आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

अदालतले तीनै जनामाथि अनुसन्धान गर्न ५–५ दिनका लागि २ पटक गरी १० दिनका लागि म्याद थप गरेको थियो । अनुसन्धानका लागि थपिएको म्याद सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया