दशैं आयो परदेशमा बस्न मन छैन

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

दर्जन चलचित्रमा अभिनय गरिसकेका नायक दिनेश केसी र आशा केसीको स्वर रहेको दशैंको अवसरमा परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैं गीत सार्वजनिक गरेका छन् । ‘परदेश बस्न मन  छैन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अमृत भारतीको शब्द, राजकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा विशेषतः चाडपर्वका बेला परदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट भिडियोमा उतार्ने प्रयास गरेको भिडियोका निर्देशक चेतनाथ दंगालले बताए ।

गीतको भिडियोमा नायक दिनेश केसी, नायिका उषा खनाल, सरिता राजउपाध्याय, पुर्षोत्तम दंगाल लगायतका कलाकारले जिवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोलाई मदन कास्यप घिमिरेले खिचेका हुन भने सम्पादन लिगेश भट्टराईले गरेका हुन् ।

‘परदेशमा रहने नेपालीले दशैं, तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ, आशा छ गीतले दर्शक, स्रोताको मन छुनेछ ।’ गायक केसीले भने ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका