‘जु’मा बुढो बाघको अल्छी ! (फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
दक्षिण कोरिया

दक्षिण कोरियाको योङ्गीन सहरको नजिकै रहेको पर्यटकीय स्थल इभरल्याण्ड (Everland) हो । यो इभरल्याण्ड रिसोर्ट र एक थिम पार्कको रुपमा परिचित छ । यहाँ वन्यजन्तुको चिडियाखान (जु) पनि छ । सामसुङ इभरल्याण्डको स्वामित्वमा रहेको सन् १९७६ अप्रिलमा खोलेको हो । थिम पार्कबाट सुरु गरेको यहाँ अहिले पानी पार्क, छात्रावास, स्पीड वे, गल्फ कोर्स र संग्रहालय पनि थपेको छन् ।

लोपोन्मुख वन्यजन्तु बाघ (पाटे बाघ, सेतो बाघ), सिंह, कालो वियर, जिराफ, दुम्सी, मुसा, लोखर्के, गैडा, हात्ती, ऊँट, लाटोकोसेरा आदि संरक्षित रुपमा राखेका छन् । साथै यहाँ एडभेन्चर खेल पनि रहेका छन् ।

तस्वीरः अमिर योञ्जन/सैलुङअनलाइन ।

तपाईको प्रतिक्रिया