प्रदेश प्रतिनिधि पदमा लामाको उम्मेदवारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
259 Shares
दोलखा

नेपाली कांग्रेसका नेता दावा दोर्जे लामाले नेपाली कांग्रेसको प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएको छ । लामाले कांग्रेसका १४ औं महाधिवेशनमा प्रदेश प्रतिनिधि पदका लागि दोलखा-२ (ख)बाट खुल्ला तर्फ उम्मेदवारी दिएको हो ।

दोलखा-२ (ख)मा कांग्रेसलाई मजबुत र लोकतान्त्रिक आस्थामा विश्वास राख्नेहरुलाई एकीकृत बनाउ पनि आफू खुल्ला तर्फको प्रतिनिधि चयन वा निर्वाचित हुनुपर्ने लामाको भनाइ छ । उनको दोलखा कांग्रेसमा ठूलो योगदान भएकाले पनि प्रदेश महाधिवेशन प्रतिनिधिमा जिताउनु पर्ने उम्मेदवारी लामालाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

उम्मेदवार लामा २०६२/६३ को जनआन्दोलनमा १२ दिन जेल परेका थिए । सानैदेखि राजनीतिमा होमिएका उम्मेदवार लामा प्रजातन्त्र पुनर्बहालीका लागि भएको २०४६ सालको जनआन्दोलनमा समेत ११ दिन जेल परेका थिए ।

उम्मेदवार लामाले नेपाली कांग्रेस दोलखाका क्षेत्रीय सभापति हुँदै जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । लामा शैलुङ कांग्रेसका निवर्तमान सभापतिसमेत हुन् । शैलुङ गाउँपालिका-३, भुरुंगाका उम्मेदवार लामाले विभिन्न कारण पीडित भएकाहरूलाई सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका