सोमबार तीन सयले बढ्यो सुनको मूल्य

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका