माया बिनामा प्रकाश र प्रमिलाको अभिनय

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गायक बाबुल गिरिको स्वरमा रहेको माया बिना चल्दो रैछ जिन्दगीको भिडियो सार्वजनिक भएको छ। रविन खड्काको शब्द सङ्गीत रहेको गीतमा बाबुल गिरी र सङ्गीता थापा मगरको स्वर रहेको छ।

निः सन्तान जोडिएको कथामा आधारित रहेको गीतको भिडियोमा प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा कलाकारहरू प्रकाश बस्नेत र प्रमिला खनालको बेजोड अभिनयले भिडियो थप स्तरीय बनेको छ। फरक फरक रूपमा देखिएका कलाकारहरुले गेटअपमा पनि राम्रै मिहेनत गरेको देखिन्छ।

भिडियोलाई सुबोल थापाले निर्देशन गरेका हुन्। गीतलाई उत्कृष्ट बनाउने थापाले भरपुर मिहिनेत गरेका छन्। जुन मिहेनत भिडियोमा देखिएको छ। निः सन्तान दम्पतीको जीवनमा पर्ने मानसिक असर र यसले पारिवारिक जीवनमा पुर्‍याएको क्षतिलाई मीठो लयमा प्रस्तुत गर्न निर्देशक थापा सफल पनि भएका छन्।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, नविन निरौलाको रङ्ग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई भकारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका