मंगलबार तीन सयले घट्यो सुनको मूल्य

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ । सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको छ ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

थप यो पनि

सोमबार तीन सयले बढ्यो सुनको मूल्य

तपाईको प्रतिक्रिया

पत्रपत्रिका