दशैतिहारलाई लक्षित गरी नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले ‘नाडा अटो शो २०१९’ आयोजना गरेको छ ।
मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको १४ औं संस्करणको अटो शोमा २३ ब्रान्डका चारपाङ्ग्रे, १९ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधन, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका पार्टपुर्जा प्रदर्शन र १३ वटा वित्तीय संस्थाहरुले स्टल राखेका छन् ।
भाद्र १० गतेदेखि १५ गतेसम्म चल्ने मेलाको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।
अटो मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने आयोजक नाडाले जनाएको छ ।
सन् १९९८ बाट नेपालमा आयोजना गर्न थालिएको अटो सोले २०१९ सम्म आइपुग्दा १३ वटा सो प्रदर्शन गरिसकेको छ । सन् २०१० सम्म नाडा अटो सो दुई वर्षमा एक पटक मात्र हुने गरेको थियो । पछि सन् २०११ को अटो सोपश्चात भने वार्षिक रूपमा निरन्तर अटो सोको आयोजना हुँदै आएको छ ।