गाइगोठमा सोलार गीजरको प्रयोग

मालाती मोक्तान संवाददाता
0 Shares
धनकुटा

धनकुटाको छथरजोरपाटी गाउँपालिकाका दुग्ध उत्पादक किसानहरुले गाइगोठमा सोलार गिजर जडान गरेपछि उनीहरु बिहान बेलुका कुँडो पकाउन अगुल्टो झोस्नु पर्ने समस्याबाट मुक्त भएको छ ।

जिल्लामै पहिलो पटक नमूना परिक्षणका लागि आ.व. २०७४/२०७५ र २०७५/२०७६ को पालिकाको विनियोजित बजेटबाट ५० प्रतिशत अनुदानमा सहयोगमा छथरजोरपाटीका- १ हातीर्खकमा रहेको श्रीकृष्ण बहुउद्देश्य दुग्ध उत्पादक कृषि सहकारी संस्थाका ६ जना कृषकहरुले सोलार गिजर जडान गरेका हुन् ।

सोलर गिजर जडान गरेपछि अहिले गाईभौंसीलाई बिहान बेलुका कुँडो दिन पानी तताई रहनु नपर्ने कृषकहरुले बताएका छन् । श्रीकृष्ण बहुउद्देश्य दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष भरत कार्कीका अनुसार पहिले किसानहरुलाई कुँडा पकाउँदा दाउरा चाहिने, कुँडो पकाउन र दुध दुहुन कम्तिमा पनि एक डेढ घण्टा समय लाग्थ्यो, अहिले दाउरा र समयको पनि बचत भएको र गाईले पनि चाहेको बेला तातो पानि पिउन पाएका छन् । अध्यक्षय कार्कीले भने, ‘सोलार गिजर महंगो भएकोले पहिले कृषकहरुले खासै चासो देखाएका थिएनन् । अहिले सोलारको उपयोगिता थाहा पाएपछि भने चासो दिन थालेका छन् ।’

अघिल्लो आर्थिक वर्ष कृषक भरत कार्की र अन्य तीन जना कृषकले पालिकाको पशुसेवा साखाबाट २ लाख ५० हजार अनुदान लिएर ४ वटा सोलार गीजर किने थिए । सोलार गीजरको उपयोगिता थाहा पाएपछि गत आर्थिक वर्षमा १ लाख अनुदानमा २ वटा सोलार गिजर खरीद गरी प्रयोग गर्न थालेका छन् ।

बताउनु भयो । अहिले गाउपालिकामा ६ जना कृषक भएको सोलागिजर प्रयोग गर्न थालीएको छथरजोरपाटी गाउँपालीका पशुसाखा प्रमुख राजकुमार राईले अहिले ६ जना कृषकले सोलार गीजर प्रयोग गरिरहेको र चालु आर्थिक वर्षमा पनि पालिकाले सोहि सहकारीलाई सोलार गीजर खरिदका लागि बजेट छुट्याइएको जानकारी दिए । राइले भने, ‘यस वर्ष सहकारीमा सोलार गीजर जडान गर्ने कृषकको संख्या १० जना पुर्याउने योजना रहेको छ ।’

सोलार गीजरबाट २ सय देखि ३ सय लिटरसम्म पानी तताउन सकिने कृषकहरुले बताएका छन् ।

हाललाई १ नं. वडामा मात्र कार्यक्रम केन्द्रीत रहे पनि विस्तारै अन्य वडाहरुमा समेत योजना विस्तार गर्ने कार्यक्रम रहेको पालिकाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका