स्वास्थ्य सामाग्री हस्तान्तरण

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा जिल्लाकाे नाैकुण्ड गाउँपालिकाभित्र रहेका आठवटा स्वास्थ्य संस्थाहरूलाई असाेज १६ गते एक कार्यक्रमबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ ।

रसुवा ट्रेक एण्ड एक्पिडिसनकाे पहलमा अमेरिकी संस्था डाईरेट रिलिफ एवं माउन्टेन हट नेपालकाे सहयाेगमा करिब १६ लाखकाे रूपैयाँकाे सामान रसुवा ट्रेकका प्रबन्ध निर्देशक बलराम न्याैपाने(दुर्गानाथ)ले काेभिड लगायत अन्य कारणले बिरामी भएकालाई अक्सिजन अभाव हुन नदिन र सहज हाेस भन्ने उदेश्यले अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सनट्रेटर ८ थान, भाेल्टेज रेगुलेटर ८ थान, पिपि सेट १५ वटा, अक्सि मिटर ८ वटा नाैकुण्ड गाउँपालिकाकाे वडा नम्बर ६ का वडाध्यक्ष धर्म बहादुर थाेक्रालाई हस्तान्तरण गरिएकाे हाे ।

प्रबन्ध निर्देशक न्याैपानेबाट हस्तान्तरित सामग्री बुझ्दै वडा अध्यक्ष थाेक्राले तीनवटा स्वास्थ्यचौकी र अरू ५ वटा सामुदायिक स्वास्थ्य ईकाईलाई दाताले ताेके बमाेजिम सम्बन्धित स्वास्थ्य संस्थामा ती सामग्री पठाउने बताए । स्वास्थ्य प्रमुख बसन्त चालिसे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा, सम्बन्धि स्वास्थ्य चाैकिका ईन्चार्जहरूकाे उपस्थितिमा सामग्री हस्तान्तरण गरिएकाे हाे ।

उपलब्ध भएकाे सामग्रीले श्वासप्रश्वास भएका बिरामीलाई उपचारमा सहजता पार्ने वातावरण तयार भएकाे भन्दै स्थानीयहरूले खुसि व्यक्त गरे । आगामी दिनहरूमा पनि यस्तै सहयाेग पाइरहने अपेक्षा उनीहरूले राखेका थिए । उपचारका सामग्री उपलब्ध गराई स्वास्थ्यकर्मीहरूकाे मनाेवल उच्च पारिदिने दाता संस्था लगायत पहल कदमी गरि गाउँवासीकाे हितमा अह्राेरात्र खट्ने सामाजिक अभियान्ता बलराम न्याैपाने धन्यवादकाे पात्र भएकाे सरस्यु स्वास्थ्य ईकाई प्रमुख निरन्जन तामाङले बताए ।

तपाईको प्रतिक्रिया