सुकुम्बासी घर निर्माणका लागि आर्थिक सहयोग

दमाम, साउदी

साउदी अरबबाट दुई सुकुम्बासी वृद्ध दम्पतीका घर निर्माणका लागि जुटेका आर्थिक सहयोग नेपाल पठाएको छ ।

जिफन्ट साउदी सहयोग समूहको उपाध्यक्ष रहेका अजित राईले निर्माणाधीन घरका लागि १ रियाल सहयोगको अभिनय चलाएर जम्मा गरिएको ८२ हजार ८ सय ३३ रुपैयाँ नेपाल पठाएको जानकारी दिए ।

उपाध्यक्ष राईले मुस्लिमहरुको चाड बकर इदमा भएको रोल्पाली सेवा समाजको वार्षिकोत्सब कार्यक्रममा आर्थिक सहयोग संकलन गरेको बताए । सर्लाही लालबन्दीका सामाजिक अभियान्त राज तामाङको आग्रहमा आर्थिक सहयोग जुटाएर नेपाल पठाए राईले भने,´।

तामाङ दुई सुकुम्बासी वृद्ध दम्पतीका घर निर्माण आर्थिक सहयोग अभियानका संयोजक हुन् । तामाङले थपे- वृद्ध दम्पतीहरुको आयस्रोत सामाजिक सुरक्षा भत्ता मात्रै हो ।

हाल निर्माणकार्य भैरहेको घर लालबन्दी नगरपालिका-११,सेतीभिरको जंगल छेउमा क्षतिग्रस्त छाप्रामा जीवन गुजारा गरिरहेका दुई सुकुम्बासी वृद्ध दम्पतीलाई दिने संयोजक तामाङले बताए ।

सुकुम्बासी वृद्ध दम्पति जितबहादुर तामाङ (वाइबा) र उनकी श्रीमती मंगली माया तामाङ रहेका छन् । त्यसैगरी उक्त स्थानमा रहेका अर्का सुकुम्बासी वृद्ध दम्पति हेम बहादुर तामाङ (घिसिङ) र जसुमाया तामाङ हुन् ।

सोही सुकुम्बासी दम्पतीका लागि घर निर्माणकार्यलाई उर्जा थप्न नेपाल, हङकङ, युएई, साउदी लगायतका देशहरूबाट आर्थिक सहयोग जुटाएर पठाइरहेको संयोजक तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया