जापानमा ‘तेश्रो नवलपरासी तीज धमाका’ सम्पन्न

एलिसा रसाइली
एलिसा रसाइली संवाददाता
0 Shares
टोकियो, जापान

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ मनाएको छ ।
नवलपरासी समाजले अगष्ट २६ तारिक टोकियोको नाकानो जिरो हलमा मनाएको हो ।

प्रमुख अतिथि पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले उद्घाटन गरेका हुन् ।

कार्यक्रमममा संस्थाका सस्थापक अध्यक्ष किस्नप्रसाद अधिकारी,संयोजक गीता कन्डेल, एनआरएनए जापानकी सदस्य संगीता अधिकारी, नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल, चितवन समाजका अध्यक्ष राजन श्रेष्ठ, समाजका सल्लाहाकार यादब केसी, सल्लाहाकार सुनिल सापकोटा, मातृसन्देश डट कमका प्रधानसम्पादक शन्त पहरी लगायत अन्य संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर, सुनिता दुलाल, गायक रमेशराज भट्टराई, जापानमा रहेर सांगीतिक क्षेत्रमा निरन्तर लागिपरेका गायक सुर्य खड्का, चेतन घर्ती, समुन्द्र राज पौडेल, गायिका सोना केसी, निशा क्षेत्रीलगायतले प्रस्तुति दिएका थिए ।

संस्थाले गरेका कामहरु सस्थाका सचिब ऋृषि पौडेलले बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष गोपाल कण्डेलले सभापतित्व गरेका थिए भने सपना क्षेत्रीले संचालन गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया