दुई वर्षदेखि गाउँपालिकाको काम मन्दिरबाटै

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
मलंगवा

गाउँपालिका भवन नहुँदा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादव मन्दिरमा बसेर गाउँपालिकाको कामकाज गर्दै आएका छन्।

भवन अभावमा मन्दिरको एकपट्टि अध्यक्ष र अर्कोपट्टि उपाध्यक्षको कोठा बनाई कार्यालय संचालन गरिएको हो। बीचको कोठामा हनुमानको प्रतिमा रहेको छ। मन्दिरको बरण्डामै गाउँ कार्यपालिकाको बैठक, तालिम तथा गोष्ठीहरू समेत हुने गरेको छ।

गाउँपालिका संचालन गर्न कृषि सेडको भवन अपुग भएपछि अध्यक्ष र उपाध्यक्ष दुई वर्षदेखि मन्दिरमै बस्दै आएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख मुकेशकुमार पाठकले जानकारी दिएका छन्।

बजारको बीचमा रहेको कृषि सेडमा चारवटा स–सना कोठा रहेको अध्यक्ष यादवले बताए। चार कोठामा गाउँपालिकाको सम्पूर्ण कामकाज गर्न कठिनाइ भएपछि आफू मन्दिरमा गएर बस्न थालेको यादवको भनाइ छ।

‘भाडाको लागि कुनै भवन बजारमा नपाएपछि बाध्य भएर मन्दिरमा बस्नु परेको होु, यादवले भने, ‘अन्य स्थानमा लगे विवाद चर्किने देखिएपछि मन्दिरमै बस्नु ठिक ठानेँ’, अाजको अन्नपुर्ण पोष्टमा समाचार छापिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका