नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले ९ वटा स्थानीयमा कार्यविभाजन टुंग्याएको छ । मंगलबार पार्टी कार्यालय चरिकोटमा बसेको दोस्रो बैठकले स्थानीय तहमा इन्चार्ज र सह-इन्चार्ज, निर्वाचन क्षेत्रका संयोजक र सचिव र विभागीय प्रमुख र उपप्रमुख टुङ्गो लगाएको हो ।
भीमेश्वर नगरपालिका इन्चार्ज भरतबहादुर केसी र सह-इन्चार्ज मोहन थापा, जिरी नगरपालिका इन्चार्ज मित्र जिरेल र सह-इन्चार्ज गेल्बु शेर्पा भएका छन् ।
सात वटा गाउँपालिकामा क्रमशः मेलुङमा इन्चार्ज रविन्द्र कार्कील र सह-इन्चार्ज प्रेम थापा, कालिञ्चोकमा इन्चार्ज राम पाण्डे र सह-इन्चार्ज विनकुमार थामी, तामाकोशीमा इन्चार्ज नेत्रबहादुर केसी र सह-इन्चार्ज देवी शर्मा, विगुमा इन्चार्ज सुन्दर विश्वाकर्मा र सह-इन्चार्ज सञ्जीव ओली रहेका छन् ।
यसैगरी वैतेश्वरको इन्चार्जमा भीमप्रसाद दाहाल र सह-इन्चार्ज दिपक अधिकारी, गौरीशंकरमा इन्चार्ज निमा लामा र सह-इन्चार्ज सोयमबहादुर खड्का र सैलुङमा इन्चार्ज रिमालबाबु श्रेष्ठ र सह-इन्चार्ज धनबहादुर तामाङ रहेको सचिव गोपाल पाण्डेले जानकारी दिए ।
बैठकले क्षेत्र नं. १ को संयोजकमा गोपाल न्यौपाने र सचिव बासु पोखरेललाई तोकेका छन् । क्षेत्र नं. २ मा संयोजक कमला श्रेष्ठ र सचिव ठुला थामीलाई चुनिएको सचिव पाण्डेले बताए ।
त्यसैगरी संगठन विभागको प्रमुख जिवराज खड्का, उप्रमुखमा कृष्ण कार्की, आर्थिक विभाग प्रमुख उपे्रेन्द्र अधिकारी, उपप्रमुख केशव चौलागाई रहेका छन् ।
स्थानीय तह विभागको प्रमुख बाबुकाजी कार्की, उपप्रमुख तारानाथ चौलगाईँ, प्रचार विभागको प्रमुख लक्ष्मण खड्का र उपप्रमुख धर्मेन्द्र मोक्तान, पार्टी स्कुल विभाग प्रमुख प्रोणप्रताप केसी र उपप्रमुख विश्वमाणि चौलागाई रहेका छन् ।
महिला विभाग प्रमुख रिता रिमाल र उपप्रमुख प्रेमकुमार चौलागाई, खानेपानी तथा सरसफाई विभाग प्रमुख हर्कमान पाख्रिन र उपप्रमुख रुकमणि शिवाकोटी, जलस्रोत सिंचाई तथा उर्जा विभाग प्रमुख जितकुमार मोक्तान र उपप्रमुख प्रेम तामाङ, श्रम रोजगार तथा सहकारी विभाग प्रमुख कृष्णमाया कार्की र उपप्रमुखमा रोहितचन्द्र खड्का छन् ।
पर्यटन प्रवद्र्धन प्रमुख होम पाठक र उपप्रमुख संखनीया शेर्पा, न्याय कानुन तथा मानव अधिकार विभाग प्रमुख सुब्बा श्रेष्ठ, युवा तथा खेलकुद प्रमुख हिरा थोकर र उपप्रमुख रमेश ठकुरी, शिक्षा तथा मानव स्रोत प्रमुख भुवनसिंह थापा र उपप्रमुख रामबहादुर खड्का, पुस्तकालय तथा कला साहित्य प्रमुख चुडामणि घिमिरे र उपप्रमुख भुवन केसी, उद्योग बाणिज्य विभाग प्रमुख भीम श्रेष्ठ र उपप्रमुख घनश्याम रिजाल रहेका छन् ।
वन वातावरण तथा स्वास्थ्य प्रमुख उर्मीला थामी र उपप्रमुख कृष्ण पाख्रिन, कृषि तथा भुमि सुधारको प्रमुख गुणबहादुर बुुढाथोकी र उपप्रमुख ईश्वरबहादुर थापा तोकिएको सचिव पाण्डेले बताए ।
निर्वाचन विभागको प्रमुखमा ऋषिकेस उप्रेती र उपप्रमुख सम्भु थामी रहेका छन् ।
पार्टी जिल्ला कमिटी दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको केन्द्रमा कार्यविभाजन सकिए लगात्तै जिल्लामा पनि कार्य बाँडफाँड गरिएको हो ।