फेसियल हाउसले तीज विशेष कार्यक्रमका बीच अग्रज कलाकार द्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’को रुपमा सम्मान गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजित ‘फेसियल हाउस तीज महोत्सव २०७६’ कार्यक्रममा हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर-शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संज्ञा दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८, १९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामान सहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग रकम रु २५,००० (पच्चिस हजार) प्रदान गरेकी हुन् ।
उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ‘तीज आयो’को भिडियो विमोचन समेत गरिएको थियो ।