सुनको मूल्यमा वृद्धि

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

दसैँको पहिलो दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० सय रुपैयाँले बढेको छ । छापावाल सुन बुधवार प्रतितोला ८९ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला ८९ हजार ९५०रुपैयाँ पुगेको छ । बुधवार प्रतितोला ८९ हजार ४५० रुपैयाँ मा तेजाबी सुनको कारोबार भएको थियो ।
महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य बिहीबार प्रतितोला १० रुपैयाँले बढेर एक हजार १७० कायम भएको छ  । चाँदी बुधवार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया