सात वाणिज्य बैङ्कले घोषणा गरे लाभांश

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

हालसम्म सात वाणिज्य बैङ्कले लाभांश घोषणा गरेका छन् । बैङ्कहरूले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
बिहीबार बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेस्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैङ्कहरूले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैङ्कले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।
लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैङ्कमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैङ्कले सेयर धनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैङ्कले ८ दशमलव ६७ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।
बैङ्कहरूको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैङ्कले स्वीकृत तथा बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयर धनीको हातमा लाभांश पर्नेछ । बैङ्कहरूले लाभांश घोषणा गर्न थाले पनि सेयर धनीले भने दसैँपछाडि मात्र लाभांश पाउने भएका छन् ।
विगतका वर्षमा केही वाणिज्य बैङ्कले दसैँअघि नै वार्षिक साधारण सभा बोलाएर सेयर धनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयर धनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले सेयर धनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, सानिमा बैङ्कले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १७।८९प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैङ्कले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ«े बैङ्कले सेयर धनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैङ्कले कात्तिक २६ गतेका लागि साधारण सभा पनि बोलाइसकेको छ ।
यस्तै गरी, कुमारी बैङ्कले सेयर धनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले १३।०६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
बैङ्कहरूले लाभांश घोषणा गर्न थाले पनि सेयर धनीले भने दसैँपछाडि मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैङ्कहरूले दसँैं अघि नै वार्षिक साधारण सभा बोलाएर सेयर धनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयर धनीले दसँैं अगाडि लाभांश नपाउने भएका हुन् ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैङ्कहरूले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो । ‘यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो’, उनले भने, ‘नेपाल राष्ट्र बैङ्कले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि ग¥र्यो । यी व्यवस्थाले बैङ्कहरूले समय पनि पाए, त्यसैले पनि यसवर्ष दसैँ अगाडि सेयर धनीलाई लाभांश दिन सकिएन ।’ दीपावली आसपासमा सेयर धनीले लाभांश पाउन सक्ने उनको भनाइ छ ।
हाल केही बैङ्कले साधारण सभा पनि बोलाइसकेका छन् । साधारण सभाले लाभांश पारित गरेपछि मात्र बैङ्कका सेयर धनीले लाभांश पाउनेछन् ।
सात वाणिज्य बैङ्कले लाभांश घोषणा गरे तापनि विकास बैङ्कमा लाभांश घोषणा गर्ने पहिलो बैङ्कमा कामना सेवा विकास बैंक भएको छ । बैङ्कले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट १९।४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९।४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९।४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो ।

तपाईको प्रतिक्रिया