मेगा बैंक नेपाल लिमिटेडले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ ।
खातावाला तथा श्रीमान-श्रीमती लगायत दुई जना सन्तानका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको बैंकले जनाएको छ । तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ ।
जसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम १ करोड ५० लाखसम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ । यो बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम रहेको बैंकको दाबी छ ।
यो खाता खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास छ ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यसका अलवा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बिमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ ।