नेपाली बजारमा शुक्रवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० रुपैयाँ मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार शुक्रवार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ जुन बिहीबार प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य स्थिर छ । चाँदी बिहीबार प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।