प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएको छ । पौडेल बिरामी भएपछि बुधबार दिउँसो २ बजे भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
बैठकका लागि सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगिसकेका थिए । तर, बरिष्ठ नेता पौडेल अस्वस्थ भएको समाचार आएपछि बैठक स्थगित भएकोले देउवा फर्किएका हुन् ।
आज स्थगित भएको बैठक बिहीबार दिउँसो २ बजेको लागि सारिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक डाकिएकोमा आपत्ति जनाएका थिए ।