झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न खेलमा पहिलो हाफमा १–० गोलले अघि रहेको झापाले खेलको दोस्रो हाफमा थप दुई गोल थपेका थिए । खेलको २५ औँ मिनेटमा झापाका डिलेन लोप्चनको हेडमा वुद्ध लामा तामाङले पहिलो गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको झापाका लागि ५२ औं मिनेटमा उमेश राईले दोस्रो र ८८ औं मिनेटमा शक्ति राईले तेस्रो गोल गरे । खेलको ८७ औं मिनेटमा रुपन्देहीका विदेशी खेलाडी सिहेडले दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
खेलमा झापाका शक्ति राई म्यान अफ दि म्याच घोषित भएका थिए । हारसँगै रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ । भने झापा ११ ले सोमबार भुटानको पारो क्लबसँग खेल्ने छ। बैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ नगद पुरस्कर पाउनेछन् ।