साउदीमा पनि तीज मनाइने

साउदी, खोबार

साउदी अरबमा रहेका नेपाली महिलाहरुले हरितालिका तीजको पूर्वसन्ध्यामा तीज रंगीन उत्सव- २०७६ को आयोजना गरी मनाउने भएको छ ।

कार्यक्रम अगष्ट ३० शुक्रबार खोबरस्थित गल्फ दरबार रेस्टुरेन्टको सभाहलमा हुने दिदीबहिनी समूह साउदी अरबका महासचिव तथा कार्यक्रम संयोजक धनकुमारी पुन मगरले जानकारी दिइन् ।

हिन्दु नारीहरुको महान चाड भनेर चिनिने तीजलाई संरक्षण तथा प्रबर्द्धन गर्न समूहले स्थापनकालदेखि कार्यक्रमहरू गर्दै आएको संयोजक मगरले बताईन् । विशेष गरेर साउदीको खोबार, दमाम, जुवेल लगायतको शहरमा कार्यरत दिदीबहिनीहरुलाई लक्षित गरेर कार्यक्रमको आयोजनामा गर्न लागिएको हो यद्यपि पुरुष मित्रहरूलाई समेत कार्यक्रममा निम्तो गरेको छु, मगरले भनिन्,´ ।

कार्यक्रममा स्थानीय कलाकारहरू इस्लाम मिया, मञ्जु परियार, श्रीदेवी राई, मुना तामाङ लगायतले बेजोड प्रस्तुति रहेने आयोजकले बताए ।

यसअघि साउदी अरबमा (फेमेली) पारिवारिक भिषामा तीज मनाउँदै आएका थिए । पछिल्लोपटक झण्डै ११ हजार महिलाहरू रोजगारीका लागि साउदी आइपुगेपछि पूर्वी क्षेत्रमा कार्यरत महिलाहरुको सक्रियतामा समूह गठन गरी सामूहिक रूपमा तीज मनाउन थालेका हुन् । त्यसैगरी यसपटक विभिन्न संघसंस्थाहरुको आयोजनामा साउदी अरबको खोबार, रियाद, जेद्धा, याम्बु लगायतका शहरहरुमा विशेष कार्यक्रम गरी तीज मनाउँदै छन् ।

साउदी सरकारले खुला रुपले साँस्कृतिक कार्यक्रम गर्न वर्जित गरेपनि नेपाली समुदायका विभिन्न संघसंस्थाहरुले जोखिम बोल्दै कलाकारहरुलाई प्रस्तुति दिन लगाउँछन् ।

सन् २०१६ जुलाई २९ तारीखमा भएको एनआरएन साउदीको नवौं वार्षिकोत्सबबाट महिला श्रमिकहरुलाई समेत उपस्थित गराईका थिए । त्यसैबेला जेनी घिसिङ, रजीन तामाङ लगायतका महिला कलाकारहरुले संघसंस्थाहरुका कार्यक्रममा आफ्ना प्रस्तुति दिन थालेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया