साउदी अरेबियाको विमानस्थलमा ड्रोन हमला, १० जना घाइते

जेद्दा, साउदी अरेबिया
तस्बिर : गूगल

साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन् । यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ ।

साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिशियाको हात रहेको छ ।

यमनको सीमाबाट करिब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले केही भौतिक क्षति पुर्याएको जनाइएको छ । शिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन् ।

तपाईको प्रतिक्रिया