काँग्रेस निजगढ सचिव आशिष तामाङद्वारा कपडा वितरण

सैलुङअनलाइन संवाददाता
निजगढ

नेपाली काँग्रेस निजगढका सचिव आशिष तामाङले विपन्न परिवारलाई कपडा वितरण गरेको छ । तामाङले आइतबार वडा नम्बर ९ स्थित गणेश नगर टोलमा आर्थिक रूपमा विपन्नहरूलाई कपडा वितरण गरिएको हो ।

विजयादशमीको अवसरमा विपन्न परिवारका नागरिकहरूलाई नयाँ कपडा वितरण गरेको तामाङले बताए । वडा नम्बर ९ का ३० घर परिवारलाई पाइन्ट,टिसर्ट,टोपी,लगायत अन्य विभिन्न कपडाहरू वितरण गरेको तामाङले जनाए । टोल विकास संस्थाको समन्वयमा सो टोलका आर्थिक अवस्था कमजोर भएका घरपरिवार छनोट गरी दशैंको लागि कपडा वितरण गरिएको टोल विकास संस्थाका सचिव साजन लामाले बताए ।

दशैंको लागि कपडा पाएपछि खुसी व्यक्त गर्दै स्थानीयले राहत महसुस गरेको जनाएका थिए ।

तपाईको प्रतिक्रिया