लिम्बुवान दमक नगरपालिका-५,को अध्यक्षमा राम लावती

सैलुङअनलाइन संवाददाता
दमक नगरपालिका, झापा

संघीय लिम्बुवान मंच दमक नगरपालिका-५ को अध्यक्षमा राम लावती चयन भएको छ । लावती मंचको तेस्रो अधिवेशनबाट अध्यक्षमा चयन भएको हो । शनिबार सम्पन्न अधिवेशनले लावतीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । मंच संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पार्टीको भातृ संगठन हो ।

अधिवेशनबाट वडा समितिको उपाध्यक्षहरु रत्न पुलामी मगर, विजयवीर साँवा, सरस्वती चेम्जोङ, निशा राई र सरस्वती फोम्बो, सचिव श्याम मादेन, सहसचिव रोशा तबेबुङ र अर्थसचिव शान्तिला लावती चयन गरेका छन् ।

यसैगरी समितिका सदस्यहरु क्रमशः विवि लिङदेन, अमृत आङदेम्बे, कुमार इङनाम, रामकुमारी चेम्जोङ, लिलाकुमारी लिम्बु, भद्र लिम्बु, प्रेमकुमारी वनेम, विरेन्द्र तुम्रोक लगायत अन्य रहेका छन् ।

झापाको दिपीनी आधारभूत विद्यालयको सभाहलमा आयोजित त्यस्तै कार्यक्रममा प्रान्तीय सचिवहरु मोहन बेघा र धनराज सुब्बा रहेका थिए । कार्यक्रमका अतिथिहरु प्रान्तीय सदस्य चन्द्र कन्दङवा, टंक माङलाक मुस्कान, एलभी सिनियर केन्द्रीय उपकमाण्डर सुमन सम्बाहाम्फे, दमक नगर अध्यक्ष याम लिम्बु, बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ् लगायत रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापितका लागि संविधानलाई पुनःलेखन गर्नुपर्ने बताए । पहिचानको आधारमा लिम्बुवान सहितको १० + १ प्रान्त स्थापना बाहेक विकल्प नभएको उनको भनाइ थियो । उनका अनुसार निर्वाचन प्रणालीलाई पनि पूर्ण समानुपातिक बनाउन पर्नेछन् ।

दमक नगरपालिका-५, का निवर्तमान अध्यक्ष समीर केरुङकाे अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष चेम्जोङले राखेका थिए । कार्यक्रमलाई नगर सचिव सुख बहादुर सोदेम्बाले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया