कास्कीमा ल्हाेछारको उपलक्ष्यमा फुटबल प्रतियाेगिता सम्मन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
0 Shares
काठमाडाैं

नेपाल तामाङ युवा घेदुङ कास्कीद्वारा आयोजित सेभेन ए साताैं संस्करण फुटबल प्रतियाेगिता सम्मन्न भएकाे छ ।

मन्जुश्री सम्वत् २८५५ फाग-ल्हो को उपलक्ष्यमा फुटबल प्रतियाेगिता सम्मन्न भएकाे थियाे । प्रतियाेगितामा तामाङ बौद्ध सेवा समिति ए टिम प्रथम र बि टिम द्वितीय भएकाे छ ।

प्रथम हुने टिमलाइ रु. ४४ हजार ४ सय ४४/- नगद ,शिल्ड , प्रमाणपत्र र मेडल र यस्तैगरि द्वित्तिय हुने टिमले रु.२२ हजारस २दुइ २२/- नगद , शिल्ड, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ तमुवान-मँगरात प्रदेशका अध्यक्ष दिपक वाईबाले सोनाम ल्होछारको दिन माघ २२ गतेलाइ राष्ट्रिय विदा कायमगरि देशभर नै सार्वजनिक विदा दिनुपर्ने विचार व्यक्त गरे । उनले गण्डकी प्रदेश सरकारलाई समेत सोनाम ल्होछारको विदाको लागि अनुरोध गर्दै यो कुनै जाति बिशेषको मात्र पर्व मात्र रहेन सबै नेपालीको पर्व भएकोले सबैले धूमधाम संग मनाउनु पर्ने बताए ।

नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष कृष्ण बहादुर तामाङले सोनाम ल्होछारको अवसरमा कस्केली तामाङ समुदायले विभिन्न कार्यक्रम सन्चालन गरिरहेकोले सो कार्यक्रममा सहभागि हुन अनुरोध गरे ।

कार्यक्रममा सेलो गायक सन्दिप ग्याबकले गीत गाएर उपस्थितिहरूलाइ भरपुर मनोरञ्जन प्रदान गरे । त्यसै गरि कार्यक्रममा स्थानीय कलाकारहरु नृत्य प्रस्तुत गरेका थिए ।

कुमार थिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष बृजेश थिङ र सन्चालन सचिव कुमार थिङले गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका