काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका- ६ रामहिटी (बौद्ध)बाट घरमा लुकाएर राखिएको रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेको महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
चन्दका अनुसार मुगु घर भएका श्यावा लामाको बौद्धस्थित घरमा राखिएको अवस्थामा रक्तचन्दन फेला परेको हो । प्रहरीले बरामद भएको रक्तचन्दनसहित थप अनुसन्धान र कारबाहीका लागि दुवै जनालाई काठमाडौंको हात्तीसारस्थित वन कार्यालयमा पठाएको छ ।