‘यो माया कस्तो माया’को शीर्ष गीत सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ गीत सार्वजनिक भएको छ । प्रदर्शनको तयारीमा रहेको ‘यो माया कस्तो माया’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधबार सार्वजनिक भएको हो ।

समसामयिक प्रेमकथामा आधारित यस चलचित्रमा दिवस धिताल, सभ्यता गिरि लगायताका कलाकारहरूको अभिनय रहेको छ । निकट भविष्यमै प्रदर्शनमा आउने बताइएको ‘यो माया कस्तो माया’ मा तुलशा शर्मा, सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, दिव्य सुवेदीको छायाङ्कन, किशन पोखरेलको निर्देशन रहेको छ ।

चलचित्रका निर्माताहरूमा इन्द्र रजक, संवृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु गौतम रहेका छन् ।

 

तपाईको प्रतिक्रिया