एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने !

सैलुङअनलाइन संवाददाता
काठमाडौं

अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ ।

आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै परिवार भएका खेलाडीको हकमा भने टीका दिनमात्रै परिवारलाई जिम्मा लगाएर छाड्ने बताइएको छ ।

`टीकालगत्तै खेल्न जाने भएकाले खेलाडीको फिटनेशलाई मध्यनजर गर्दै यसपटक दसैंमा घर जान पाउने छैनन् । उपत्यकामा परिवारसँग रहेका खेलाडीको हकमा भने सोही दिनको लागि मात्रै पारिवारलाई जिम्मा लगाएर जान दिन्छौं ।´ यू-२३ राष्ट्रिय टोलीका व्यवस्थापन (म्यानेजर) उत्तम भण्डारीले भने ।

तपाईको प्रतिक्रिया