दोलखा पनि खुला दिशामुक्त जिल्ला घोषित

नेपाललाई दक्षिण एशियाकै पहिलो राष्ट्रको रुपमा खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
दोलखा
Bharat Dulal

खुल्ला दिशामुक्त घोषणाको लागि आवश्यक पर्ने सुचकहरु पुरा गर्दै दोलखा जिल्लालाई आज खुल्ला दिशामुक्त घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालको ६७ औ जिल्लाको रुपमा दोलखा जिल्लालाई खुल्ला दिशामुक्त भएको प्रमाणपत्र जिल्लास्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिका प्रमुख डबल पाण्डेलाई हस्तान्तरण गर्दै घोषणा गरिएको हो ।

मन्त्री बिना मगरले नेपाललाई दक्षिण एशियाकै पहिलो राष्ट्रको रुपमा खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी भइरहेको बताइन् । मन्त्री मगर भनिन, ‘नेपालको सबै जिल्ला असोज महिनाभित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गरी दक्षिण एशियाकै पहिलो राष्ट्रको रुपमा चिनाउने गरि तयारी भइरहेको छ ।’

उक्त कार्यका लागी खानेपानी तथा सरसफाई मन्त्रालय र मातहतको निकाय प्रत्यक्ष लागीपरेको उनको भनाई छ । राष्ट्रलाई खुल्ला दिशामुक्त घोषणा साथसाथै पुर्ण सरसफाईयुक्त राष्ट्र घोषणाका लागी समेत कार्य भइरहेको बताइन् ।

त्यसैगरी मन्त्री मगरले वर्षाको समयमा भूकम्पले क्षेती गरेका दोलखाको विभिन्न स्थानका खानेपानीका योजनाहरुको पुननिर्माण गरि सहज तरिकाले खानेपानीको व्यवस्था मिलाउने प्रतिवद्धता गरिन् ।

कार्यक्रममा जिल्ला स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिका प्रमुख एवम् जिल्ला समन्वय समिति दोलखाका प्रमुख पाण्डेले जिल्लामा शौचालय निर्माण र प्रयोगकको अवस्थाका विषयमा जानकारी गराएका थिए । पाण्डेले जिल्लाका ९ वटा स्थानीय तहमा रहेका ४५ हजार ६ सय ५८ घरधुरीमा अनिवार्य शौचालय निर्माण गरिएको जानकारी दिए । उनले भने, ‘उक्त घरधुरीका १ लाख ८५ हजार ९९ व्यक्तिले शौचालय प्रयोग गर्ने गरेको र शौचालय निर्माण गर्नुपर्ने घरको अवस्था शुन्य रहेको छ ।’

कार्यक्रममा दोलखा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न सहयोग गरेको भन्दै दुई नगरपालिका सहित ७ वटा गाउँपालिकालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय सांसद पार्वत गुरुङ, पुर्वमन्त्री एवं प्रदेश ३ पार्टी सचिव आनन्दप्रसाद पोखरेल, प्रदेशसभा सदस्यद्धय पशुपति चौलागाई र विशाल खड्का, पुर्वराज्यमन्त्री देबी खड्का, तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतले खुला दिशामुक्त जिल्ला भएकोमा खुशी व्यक्त गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया