पहिलो हाफमा बंगलादेशलाई १-० को अग्रता 

सैलुङअनलाइन संवाददाता
माल्दिभ्स

पुरुष साफ च्याम्पियनसिप अन्तर्गत सिंगल राउण्ड रोबिनको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको खेल सकिँदा बंगलादेशले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।

बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका हुन् ।  कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए ।

यस अघि खेलको १५ मिनेटमा नेपालले गोलको मौका गुमायो । आयुष घलानले उपलब्ध गराएको बललाई सिक्स यार्ड बक्सबाट मिडफिल्डर रोहित चन्दले क्रसबार माथि प्रहार गरे ।

आज बंगलादेशविरुद्ध नेपालले जित वा बराबर गरे साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल स्थान बनाउने छ । नेपालको हारले भने बंगलादेश फाइनल पुग्नेछ ।

सन् १९९३ बाट सुरु भएको साफको १३ औं संस्करण आईपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन ।

नेपालको सुरुवाती-११ मा गोलरक्षक-किरण कुमार लिम्बु, डिफेण्डर-गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुजल श्रेष्ठ, मिडफिल्डर-रोहित चन्द, तेज तामाङ, विशाल राई, स्ट्राइकर-आयुष घलान , अन्जन बिष्ट, नवयुग श्रेष्ठलाई उतारेका छन् ।

थप यो पनि

नेपालविरुद्ध बंगलादेशकाे अग्रता 

पहिलोपटक साफ फाइनलको नजिक नेपाल, बंगलादेशसँग भिड्दै

बंगलादेशलाई रोक्दै साफको फाइनलमा स्थान बनाउने नेपाली टोलीको रणनीति

साफ च्याम्पियनसिप फुटबल: नेपाल समूहको शीर्ष स्थानमा

तपाईको प्रतिक्रिया