जिल्लाको कालिका गाउँपालिकाभित्रका पाँच वटै वडाको महिला स्वयंसेविकाहरूसँग पाठेघर तथा आङ खस्ने समस्या सम्वन्धि बृहत छलफल भएको छ ।
भाद्र ११ र १२ गते कालिकास्थानमा भएको छलफलमा पाठेघर तथा आङखस्ने रोगलाई लुकाउन नहुने बताएका छन् । स्वयमसेविकाहरूले गाउँघरका महिला दिदीबहिनीहरूलाई यो समस्याबारे सिकाउनुपर्ने जनाएको छ ।
छलफलमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, शिक्षक, स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेका थिए ।