बिहेपछि झनै ‘बोल्ड’ आँचल

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ ।

आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात् भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।

पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तस्बिरहरूले उनको पहिरनको यथार्थलाई दर्साउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।

यति बेला श्रीमान् उदीप श्रेष्ठसँग विदेशमा घुमघाम गरिरहेकी आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकि बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।

तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् । के यो श्रीमान् उदीप श्रेष्ठको मायाको कमाल हो ?

तपाईको प्रतिक्रिया