दोलखाका संचारकर्मी उषा तामाङ सम्मानित भएकी छन् । दोलखाको चरिकोटमा बिहीबार तिज विशेष कार्यक्रम समितिले आयोजना गरी तामाङ र पत्रकार बिमला बुढाथोकीलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
तामाङ कालिन्चोक सामुदायिक एफएमकी समाचार प्रमुख, उज्यालो रेडियो नेटवर्ककी जिल्ला संवाददाता, इदैनिक खबर अनलाइनकी संवादतदाता हुन् । बुढाथोकी रेडियो शैलुङ सामुदायिक एफएमकी समाचार प्रमुख हुन् ।
‘तिज मनाऔ, चाडपर्वलाई मितव्ययी बनाऔँ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको संयोजक मेनुका सुवेदिले जानकारी दिइन् । सांस्कृतिक एवम् सन्देश मुलक कार्यक्रम भड्किलो नभै सुमधुर सम्बन्धको आधार पनि भएको उनले बताइन् ।
कार्यक्रममा तिज गीत विशेष प्रतियोगीता र विभिन्न विधामा महिलालाई सम्मान गरिएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1