दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा एनएमबी फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ ।
खेलमा मोरङ-११ लाई १-० गोल अन्तरले पराजित गर्दै एनएमबी फिदिम स्पोर्टिङ बिजयी भएको हो । खेल सुरु भएको सातौं मिनेटमा काचिले लगाएको गोल नै निर्णायक गोल बन्यो । खेलको पहिलो हाफमा १-० ले अघि रहेको फिदिमले दोस्रो हाफमा भने दबाब लिनु परेको थियो । तर निक्कै प्रतिष्पर्धात्मक खेल भए पनि मोरङले गोल गर्न नसक्दा फिदिमलाई नतिजा सुम्पनु प¥यो ।
खेलको म्यान अफ् दि म्याच एनएमबी फिदिम स्पोर्टिङ क्लवका प्रवीण जबेगु बने । उनले नगद दश हजार रुपैंयाँ र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि झापा-११ र बिभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवबीच पहिलो क्वाटरफाइन खेल हुने छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1