चन्द्रपुर घेदुङको अधिवेशन हुने

रौतहट
PHOTO:

रौतहट चन्द्रपुर नगरपालिको नगर तामाङ घेदुङको अधिवेशन भाद्र २८ गते हुने भएको छ । घेदुङको बुधबार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको नगर घेदुङका अध्यक्ष लालबहादुर दोङले जानकारी दिए ।

नगर घेदुङले अधिवेशन सम्पन्न गर्न अतिथि सत्कार, मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खाजा व्यवस्थापन, लगायतका समिति समेत निर्माण गरिएका घेदुङका नगर सचिव मिलन स्याङ्तानले बताए ।

चन्द्रपुर नगरपालिकामा १० वटा वडामध्ये तामाङ बसोबास भएका वडाहरू १, २, ३, ४, ५, ६,  ८ र ९ मा वडा समिति गठन गरिसकेको छ । संगठन बिस्तार भएका सबै वडामा  अधिवेशन प्रतिनिधि तथा पर्यवेक्षण तोक्न नगर घेदुङले सबै वडामा परिपत्र गर्ने जनाइएको छ ।

अधिवेशनमा चन्द्रपुरस्थित शहीद स्मृति पार्कमा सम्पन्न गर्ने तयारी तिब्र रुपमा अगाडि बढाइएको अधिवेशन आयोजक समितिका संयोजक लालबहादुर दोङले बताए ।

तपाईको प्रतिक्रिया